यार्सागुम्बा टिप्न गएका युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ । बझाङमा यार्सागुम्बा टिप्न गएका एक युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

जिल्लाको सुर्मा गाउँपालिका–३ सैनगाँउका ३६ वर्षका कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

उनको यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बोहराको अत्यधिक चिसोका कारण मृत्यु भएको हो । पानी परेकाले घटनाको थप विवरण आउन नसकेको र घटनास्थल तर्फ प्रहरी टोली गएको समेत अवस्थीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?