अल्झिएर बसेका विधेयकका बारेमा संसदीय पत्रकारको कलम कम चल्यो : अध्यक्ष तिमिल्सिना

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरुले विधेयकहरुको बारेमा कलम चलाउनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदीय मामिला हेर्ने पत्रकारहरुले एउटै विधेयकहरु संसदबाट बारम्बार फर्किने, समितिमा अल्झिएर बस्ने र वर्षौंवर्षसम्म नआउनेलगायतका विषयहरुमा कलम चलाउन नसकेको गुनासो गर्नुभयो । उहाँले विधेयकहरु बारम्बार शुन्यमा झर्दा आम नागरिकहरुलाई त्यसबाट परेको असरका बारेमा कलम चलाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा विधेयक तयार पार्दा समय, लगानी, आर्थिक पक्ष त्यो विधेयकले दिने सेवा कति प्रभावित भएको हुन्छ, लिएर आयो ५/६ वर्षसम्म विधेयक उने, थन्क्यात्यसलाई अघि नबढाउने, एउटा सदनले पास गरेको अर्कोमा लगेर त्यत्तिकै राखेर त्यो शुन्यमा जाँदा के हुन्छ ? यस्ता कुरामा औंला ठड्याउनु पर्छ । कुन समितिमा गएर कति समय लाग्यो, विधेयक रोकेको कति भयो ? किन राख्यो त्यसलाई उजागर गर्नुपर्छ । सभामुख, अध्यक्ष, मन्त्रीहरुले के गरे भन्नेमा खोजिखोजि नभएको पनि लेख्ने तर विधेयक ल्याएर कहाँ कति रोकियो, किन रोकियो त्यसको सोधीखोजी नगर्ने गर्नु हुँदैन । विधेयक कहाँ कसरी अड्कियो, त्यसको असर के ? त्यसमा नआउने कसरी संसदीय मामिला कस्तो हुन्छ ? यस्ता कुरामा हामीले ध्यान दिनुपर्छ । तपाईहरुले यसमा लेख्दा विधेयक छिटो आउँछ । दबाब बढ्छ ।’

अध्यक्ष तिमिल्सिनाले पत्रकारहरुले विधेयक ल्याउन भइरहको ढिलासुस्तीमा दबाब दिनसके विधेयकहरु समयमा नै आउने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?