शेयर बजारमा सुधार, सबै सूचकमा हरियाली

Read Time = 2 mins

काठमाडौं । शेयर बजारमा बुधबार पनि सुधार देखिएको छ। यस दिन सूचक ५९.५४ अंकले बढेको छ । यससँगै सूचक १९८६.८२ विन्दुमा आएको छ । ३ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । करिब २ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ ।

असार मसान्त नजिकिँदै जाँदा बजारमा चमक आएको हो । यसअघि १८०७ विन्दुसम्म झरेको नेप्से सुधार भएर करिब २१ सय विन्दु आसपास पुगेको थियो । त्यसपछि फेरि बजारमा करेक्सन आयो । करेक्सनपछि बजारमा फेरि चमक आएको हो ।

बजारको दिगो सुधारका लागि वित्तीय प्रणालीमा पर्याप्त तरलता र ब्याजदर सस्तो हुनुपर्छ । यसैगरी, आम लगानीकर्ताहरुको मनोविज्ञान पनि सकारात्मक हुन आवश्यक छ । शेयर बजारमा उचारचढाव भइरहन्छ । यो बजारको स्वभाविक प्रक्रिया हो । बढेको बजार घट्न पनि सक्छ । शेयर बजारमा अवसरसँगै जोखिमको सम्भावना पनि अधिक हुन्छ भन्ने कुरालाइ ख्याल गर्दै लगानीसम्बन्धी निर्णय लिनुपर्ने हुन्छ ।

यस दिन २२५ कम्पनीको ५७ लाख ८७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचकमा हरियाली छाएको छ । ९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया र नेपाल बैंक परेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?