शिवाकोटीले ल्याए ‘इलामैको चिया बगान’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गायक तथा संगीतकार किशोर शिवाकोटीको ‘इलामैको चिया बगान’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक शिवाकोटी र गायिका बानिका प्रधानको स्वर रहेको सार्वजनिक गीतमा गायक शिवाकोटी स्वयं सर्वजित राई र शिव माप्चनको शब्द सिर्जना रहेको छ । गायक शिवाकोटी स्वयंकै संगीत रहेको सार्वजनिक गीतमा एरेञ्ज पविधन खालिङको छ । त्यस्तै गीतमा मिक्सिङ र मास्टरिङ किशोर थापाको छ ।

भिडियोमा इलामको सुन्दर र रोमाञ्चक दृश्यका अलावा चिया बगानभित्र हुने रमाइला र सुख दुखका दृश्यलाई निर्देशक कमल राईले कलात्मक शैलीमा देखाउनुभएकोछ । भिडियोमा एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई बुनिएको छ ।

फिल्मी शैलीमा तयार पारिएको इलामको चिया बगानले राईहरूको संस्कृति र स्थानीय परम्परालाई पनि झल्काउने काम गरेको छ । सार्वजनिक भिडियोको छायांकन र सम्पादन योगेश दाहालले गर्नुभएको हो ।

भिडियोमा जंग र नग्माका अलावा रेनुका हुमागाई, दीपक राई, सुष्मा मगर, भरत मगरलगायत कलाकारको अभिनय देख्न सकिन्छ । भिडियो गायक शिवाकोटी स्वयंकै अफिसियल च्यानल के के म्यूजिकमार्फतबाट बजारमा आएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?