काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसिटी अवार्डको सातौँ संस्करणमा दक्षिण एसियाली देश अर्थात् सार्कस्तरीय स्टार्टअपबीच प्रतिस्पर्धा हुने भएको छ । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को अनलाइन नोमिनेसन आज बुधबारदेखि खुला भएको छ ।
लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा आयोजना हुने ‘आइसिटी अवार्ड २०२२’ अन्तर्गत पहिलोपटक दक्षिण सार्क लक्षित अवार्ड घोषणा गरिएको आयोजकले जनाएको छ ।
अवार्ड विधामा सार्क मुलुक भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्सका चार वर्ष ननाघेका आइटी तथा डिजिटल स्टार्टअप कम्पनीले नोमिनेसन दर्ता गर्न सक्ने आयोजकले जनाएको छ ।
सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारितरूपमा आयोजना हुँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच