काठमाडौं । धादिङका निरज थापाले इसेवाको ३५० सिसीको मोटरसाइकल प्राप्त गर्नुभएको छ । इसेवाको बैंक लिंक एकाउन्टमार्फत् भुक्तानी गर्दा बम्पर उपहारमा धादिङका थापा मगर मोटरसाइकल जित्न सफल हुनुभएको हो ।
विजेता थापालाई कम्पनीले सोही मोटरसाइकल हस्तान्तरणसमेत गरेको छ । इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता थापामगरलाई मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो ।
गौतमले अफर अवधि सकिए पनि सबै इसेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि इसेवा वालेटमा आफ्नो बैंक खाता लिंक गरी कारोबार गर्न आग्रह गर्नुभएको छ । इसेवाले भदौ २० देखि कात्तिक ३ गतेसम्म मेगालिंक मेनिया अफर सञ्चालन गरेको थियो ।
अफरमा इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत् भुक्तानी गर्दा बम्परबाहेक दैनिक, साप्ताहिक र मासिक पुरस्कार रहेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच