खुकुरी प्रहार गरी युवकको हत्या

रासस
Read Time = 1 min

बर्दिया । बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका-५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया-६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो ।

गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयो । गए राति दुई समूहबीच झगडा भएको थियो ।

झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?