बर्खाले पिरोलिने अडारे टोल शुद्ध पानी पाउँदा दङ्ग

हिमालय टाइम्स
Read Time = 7 mins

नवलपरासी । नाति विरामी भइरहेका कारण हजुरबुवा हैरान थिए। उनी विरामी नातिलाई कहिले परासी, कहिले भैरहवा त कहिले बुटवलमा उपचार गर्न लैजान्थे ।

उनको जेठो छोरो साउदीमा छ । चार पाँच महिनामा एक पटक पैसा पठाउँछ। घरमा नाति बिरामी भइरहने भएकाले छोराले पठाएको पैसा हातमा आएको केहि दिनमा नै सकिने हुँदा उनले मनमा धेरै पिडा राखेर अपुग पैसा गाउँमा खोजेर उनले नातीलाई औषधि गर्ने लिएर जान्थे । कहिले काहीँ त खोजेको पैसाले औषधि उपचार गर्न पुग्थ्यो, कहिले कहि पुग्दैन थियो । गत बर्षको कुरा हो नाति बिरामी भयो । उनले भने -'मैले अलि कति पैसा खोजेर भैरहवा औषधि उपचार गर्ने लिएर गए । मैले खोजेर लगेको पैसाले पुगेन गहभरी आँशु बनाउँदै उनले भने डाक्टरले १ महिनालाई दिएको दबाइ पैसा नभएकोले किन्न सकिनँ र मैले एक हप्तालाई मात्र औषधि लिएर आएँ ।'

सामन्य लेखपढ् मात्र आउने उनले डाक्टरलाई सोधे -'डाक्टर साव ! के भएको हो, मेरो नातीलाई यति धेरै बिराम परिरहन्छ ? डाक्टर सावले भन्नुभयो-'तपाईको नातीलाइ टाइफाइड भएको छ ' अनि फेरि उनको मनमा धेरै कुरा खेल्यो र उनको मनमा धेरै प्रश्न आयो र फेरि प्रश्न गर्छन उनले यो बिमार कसरी लाग्यो त ? यो बिमारी दुषित पानीका कारण लाग्छ । डाक्टरको भनाइ उदृरित गर्दै उनले भने सफा र शुद्ध पानी पिउनु पर्छ सबैले । तपाईंले पनि नातीलाई सफा र शुद्ध पानी पिलाउनु होस् । चापाकलबाट आएको पानी पिउने हो अरु त छैन । चापाकलबाट पानी कहिले हिलो नै आउँछ, त कहिले धमिलो आउँछ । भन्दै मलिनो अनुहार बनाउँदै उनले नातीलाई लिएर आए । यो पिडा पोख्नु व्यक्ति हुन घुरही चमार । दुई छोरा र एक छोरीका बुवा रहेका चमार पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाको वडा नम्बर ८ अडारे टोलको दलित बस्ती निवासी उनी अहिले ५५ बर्षका भए । उनको ठुलो छोराको विवाह भएको ५ बर्ष भयो र ४ बर्षको एउटा नाति छ ।

अडारे टोलमा बस्ने उनिको मात्रै होइन यो पिडा यो त उनी जस्ता करिब ४ सय ५० जनाको पिडा हो । जब बर्खा लाग्यो यस पछि पिरल्थियो हामीलाई । सफा पानी नपाउँदा टोल नै बिरामी हुन्थ्यो । तर अहिले बर्खा लागे पनि कुनै सफा र शुद्ध पानी खानलाई कुनै पनि चिन्ता छैन हामीलाई अडारे टोलका स्थानीय बासी दुधनाथ हरिजनले भन्नु भयो । उहाँ भन्नूहुन्छ - 'सफा र शुद्ध पानी पिउनका हामीले धेरै बर्ष सम्म पाएनौं । बर्खा लागे पछि हिलो नै मिसिएको धमिलो पानी पिउने पर्थ्यो । अहिले त बर्खामा पनि सफा र शुद्ध पानी पिउन पाउदा दंग छौं ।'

२०७८ साल बैखाकमा कार्य सुभारम्भ भएको अडारे टोल खानिपानी तथा सरसफाइ आयोजना अहिले सम्पन्न भयो । करिब २८ लाखको लागतमा बनेको आयोजनामा इन्द्रेणी सामाजिक बिकास मञ्च र युनाइटेड मिसन टु नेपालको साझेदारीमा १९ लाख र गाउ पालिकाले ९ लाख गरि कुल २८ लाखमा आयोजना सम्पन्न भएको हरिजनको भनाइ छ । उहाँ भन्नुहुन्छ - 'आयोजना तोकिए समयमा नै सप्पन्न भयो । अहिले हामी ५१ बटा घरधुरीमा बस्ने करिब ४ सय ५० जनाले सफा र शुद्ध पानी पिउन पाएका छौं '

अडारे टोलमा दलित बस्ती रहेको छ । यो टोलमा गत बर्षसम्म सफा र शुद्ध खानेपानी र शौचालयको निकै समस्य रहेको थियो । जसले गर्दा बर्खाको समयमा झाडापखाला, टाइफाइड, हैजालागायतका रोगहरुले महामारी नै हुने यो गाउँ अहिले खानेपानी र शौचालयको राम्रो प्रबन्ध प्रतापपुर गाउपालिका प्रमुख उमेश चन्द्र यादवले बताउनु भयो । उहाँ भन्नुहुन्छ - 'हामी प्रतापपुर बासीका हरेक समस्यालाई प्राथमिकीकरणमा गरी क्रमश काम गरिरहेका छौं ।'

अडारे टोलमा रहेको दलित बस्तीमा रहनु भएका अपाङ्गता र गरिव घरधुरीलाई प्राथमिकतामा राखेर काम गरिएको इन्द्रेणी सामाजिक बिकास मन्चका प्रमुख कार्यकारी निर्देशक बद्री सुबेदीले बताउनु भयो । उहाँ भन्नुहुन्छ- 'हामीले पालिकाको समन्वयमा नमुना बस्तीको रुपमा विकास गर्ने सोचका साथ काम गरेका छौँ ।' जिल्ला समन्वय समितिका संयोजक भगौती प्रसाद यादवले इन्देणी सामाजिक बिकास मन्चले नवलपरासी रहेको सम्पुर्ण पालिकाहरुसङ्ग मिलेका गरिरहेको बताउनु भयो।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले शुद्ध खानेपानी र शौचालयको सहि सदुपयोग गरि दीगोपनकोमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो । उहाँ भन्नुहुन्छ -'खानेपानी र शौचालय बन्यो राम्रो हो यसलाई समय समयमा सरसफाइ र मर्मत गरि यसको दिगोपनामा समेत ध्यान दिनु पर्दछ ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?