काठमाडौं । कोटेश्वरकी रिमा खत्री र चन्द्रागिरीकी खुश्बु लिम्बूले पाँचौं नेकोस खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । राष्ट्रिय तेक्वान्दो संघको आयोजनामा शनिबारदेखि शुरु भएको प्रतियोगितामा रिमाले महिला ५२ केजीमा र खुश्बुले महिला ४६ केजी तौलसमूहमा स्वर्ण जित्नुभएको हो । कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङमा भएको महिला ५२ केजीको फाइनलमा रिमाले चन्द्रागिरीकी रचना कुमाललाई हराउनुभयो । यो तौलसमूहमा नेपाल सेल्फ डिफेन्सकी स्वस्तिका खड्का र हेटौंडाकी अनिषा विकले कांस्य पदक जित्नुभयो । ४६ केजी तौलसमूहमा स्वर्ण जित्नुभएकी खुश्बुले फाइनलमा युयुत्सुकी कृष्टिना बस्नेतलाई हराउनुभयो ।
यस तौलसमूहमा नेसनल एकेडेमीकी सोफिया गुरुङ र लाथुम्कीकी परिधि अधिकारीले काँस्य पदकमा चित्त बुझाउनुभएको थियो । त्यसअघि दुईदिने प्रतियोगिताको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा नेपाल खेलकुद महासंघका इन्चार्ज कर्णबहादुर थापाले प्रतियोगिताका जुरी गणेश जिम्बा लामालाई तेक्वान्दो खेलसामाग्री हस्तान्तरण गर्दै उद्घाटन गर्नुभएको थियो ।
आइबारसम्म हुने प्रतियोगितामा ग्योरोगीमा २० र पुम्सेमा दुई गरी कुल २२ स्वर्ण पदकका लागि ३१ वटा डोजाङका ३७५ खेलाडीले प्रतिष्पर्धा गरिरहेको राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक हीराबहादुर थापाले जानकारी दिनुभयो । महिलाकै ४९ केजी तौलसमूहमा कोटेश्वरकी इसिका रानाले स्वर्ण जित्दा फाइनलमा सुसंस्कारकी श्रृजना तामाङलाई हराउनुभयो । यो तौलसमूहमा जीवनताराकी सीता प्रसाईं र सरस्वतीकी मुस्कान शाहीले कांस्य पदक जित्नुभयो ।
पुरुषको २५ केजी तौलसमूहमा सुनसरीका प्रजोल तामाङले फाइनलमा नेसनलका रोज तितुङलाई हराउँदै स्वर्ण जित्नुभयो । हेटौंडाका अभिनत राना र मनोराम समाजका रेमन माझीले कांस्य पदकमा चित्त बुझाउनुभयो । ३१ केजी तौलसमूहमा चन्द्रागिरीका समीर ठाकुरले स्वर्ण, कोटेश्वरका सुगम लामाले रजत तथा सिरुटारका इमोन थापा र मुलपानीका प्रशान्त धमलाले कांस्य पदक प्राप्त गर्नुभयोे । पुरुषकै ३४ केजी तौलमा मुलपानीका भिजन तामाङले स्वर्ण जित्दा फाइनलमा सिरुटारका सविन तामाङलाई हराउनुभयो ।
यस तौलमा लालिगुराँसका सुशील मगर र अल्पाइनका राज खाँड ठकुरीले कांस्य पदक जित्नुभयोे । महिला २४ केजी तौल समूहमा हेटौंडाकी सुरक्षा केसीले स्वर्ण जित्नुभयो । उहाँले फाइनलमा दिव्यश्वरी डोजाङकी जेनिसा थापालाई हराउनुभयो । यो तौलमा कृतिम डोजाङककी कञ्चन अधिकारी र हेटौंडाकी इच्छा बिष्टले कांस्य पदक प्राप्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच