टोरोन्टोमा ८ किशोरी मिलेर ५९ वर्षीय पुरुषको हत्या

हिमालय टाइम्स
Read Time = 2 mins

टोरन्टो । क्यानडाको टोरोन्टोमा एक ५९ वर्षीय पुरुषको हत्या गरेको अभियोगमा ८ जना किशोरीलाई अभियोग लगाइएको छ ।

आइतबार स्थानीय समयअनुसार मध्यरातमा १३ देखि १६ वर्षका किशोरीले छुरा प्रहार गरेर उनको हत्या गरेको प्रहरीले आरोप लगाएको छ । पहिचान नखुलाइएका ती व्यक्ति आक्रमणको समयमा घरबारबिहीनका लागि बनाइएको आवासमा आश्रय लिइरहेका थिए । आक्रमणबाट आफू गहिरो रूपमा दुःखी भएको टोरन्टोका मेयर जोन टोरीले बताए ।

आइतबार मध्यरातमा एक व्यक्तिलाई छुरा प्रहार गरेको थाहा पाएपछि स्थानीयले आपत्कालीन सेवाहरूलाई जानकारी दिएको टोरन्टो प्रहरीले जनाएको छ । उनको अस्पतालमा मृत्यु भएकको थियो । उनको पेटमा चक्कु प्रहार भएको छ ।

क्यानेडेली कानुनअन्तर्गत पहिचान गोप्य राखिएका ति किशोरीहरूलाई आक्रमण भएको क्षेत्रमा पक्राउ गरिएको र उनीहरूबाट हतियार जफत गरिएको छ ।

उनीहरू सामाजि सञ्जालका माध्यममार्फत भेट गरेका थिए र उनीहरूमध्ये तीन जनाको यसअघि नै प्रहरीसँग सम्पर्क रहेको बताइएको छ । आक्रमणको साँझ एउटा विवादमा संलग्न रहेको पनि प्राप्त विवरणहरूमा जनाइएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?