‘खिल’ मञ्चन

Read Time = 1 min

खोटाङ । महिला हिंसा उन्मूलनका लागि जनचेतना जगाउने उद्देश्यले निर्माण गरिएको सडक नाटक ‘खिल’ मञ्चन गरिएको छ । पूर्खाजित राईले परिकल्पना र निर्देशनमा तयार भएको सडक नाटक ‘खिल’ खोटाङको बराहपोखरी गाउँपालिकामा मञ्चन गरिएको हो ।

बराहपोखरी गाउँपालिकाको आर्थिक सहयोगमा तयार भएको नाटक ग्लोबल कनेक्सन मिडिया प्रा.लि.ले निर्माण गरेको हो । राजु थापा काउचाले लखेको नाटकमा जेबी डिसी, सुप्रिमा सुनुवार, विवेश बुढा, सुरज राई, निरु राई र गुञ्ज चौधरीले अभिनय गर्नुभएको थियो ।

खिलजस्तै डढेर रहेको महिला हिंसाविरुद्ध समाजमा चेनता फैलाउन सडक नाटक मञ्चन गरिएको कलाकार जेबी डिसीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?