ललिता निवासको जग्गा तारबार गर्न बालुवाटार पुग्यो महानगरको नगर प्रहरी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर प्रहरीको टोली ललिता निवास बालुवाटार पुगेका छन्

ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि काठमाडौं महानगरपालिकाले काम सुरू गरेको छ । अहिलेत्यहाँ राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिइएको छ ।
। बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो ।

अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ । ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?