उदयपुरमा अटो दुर्घटना हुँदा चालकको ज्यान गयो

हिमालय टाइम्स
Read Time = 1 min

-सरोज निरौला
उदयपुर । उदयपुरमा अटो टेम्पु दुर्घटना हुँदा चालकको मृत्युृ भएको छ । मृत्यु हुनेमा त्रियुगा नरपालिका १२ का १८ बर्षिय मोहमद रुस्तम रहेका छन् ।

उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । रुस्तमसँगै अटोमा रहेका ७ बर्षिय बालक मोहमद नसिर भने गम्भीर घाईते भएका छन् ।

उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । दुर्घटना उदयपुरगढी गाउँपालिका ७ अधेरी स्थित मदनभण्डारी राजमार्गमा भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?