काठमाडौं । थाइल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल २०२३’मा नेपाली बालबालिका आर्नभ श्रेष्ठ, सायरा भट्ट र निभिका दुवालले नेपालको प्रतिनिधित्व गर्ने हुनुभएको छ । जुलाई ३ तारिखदेखि ११ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि तीनै प्रतियोगित सोमबार थाइल्याण्ड उडेका छन् ।
करिब ४५ देशको सहभागिता रहने प्रतियोगितामा उनीहरूलाई इभेन्ट बेटर ग्यालेक्सीले पठाएको हो । नेपालको तर्फबाट सहभागिता जनाउने १३ वर्षीय आर्नभ श्रेष्ठ काठमाडौं प्रयागकुञ्ज स्कुलमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ । सोही प्रतियोगिताकी सहभागी ११ वर्षीय सायरा भट्ट पाठशाला नेपालमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । आर्नभ र सायरा नेसनल किड्स अफ द इयर २०२२ का विजेता हुनुहुन्छ ।
त्यस्तै तेस्रो सहभागी १३ वर्षीया निभिका दुवाल लिटल वल्र्ड इंग्लिस स्कुलमा कक्षा आठमा अध्ययनरत हुनुहुन्छ । निभिका नेसनल किड्स अफ द इयर २०२२ की फष्ट रनर अप हुनुहुन्छ ।
नेपालका लागि सो प्रतियोगिताको नेसनल डाइरेक्टर धीरज तण्डुकार र आधिकारिक संस्था इभेन्ट बेटर ग्ल्यालेक्सी इन्टरटेन्मेन्ट रहेको छ । प्रतियोगीलाई इभेन्ट बेटर ग्ल्यालेक्सीका सिइयो आफैंले थाइल्याण्ड लिएर जानुभएको हो ।
प्रतियोगीका लागि प्रशिक्षण तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्बन्धी अभिमुखीकरण तथा तयारी सञ्चारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गर्नुभएको हो । नेपालको प्रतिनिधित्व गर्ने सहभागीहरूको पहिरन डिजाइन सिआइएफटीले गरेको हो ।
कार्यक्रममा नेपालको तर्फबाट सहभागीले नेपाली कलासंस्कृति र कल्चरल ड्रेसमा समेत प्रस्तुत गरेका छन् । थाइल्याण्डको बैंकक र पटाया शहरमा सञ्चालन हुने टिन स्टार इन्टरनेसनल २०२३ मा फाइनल प्रतिस्पर्धा जुलाई ९ तारिखमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच