नारायण चोक-बेलाटारी सडकमा चरम लापरबाही

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । हुलाकी सडक खण्डस्थित पश्चिम नवलपरासीको नारायणचोकदेखि त्रिवेणीसम्मको सडक विस्तारमा ठेकेदारको चरम लापरबाहीका कारण स्थानीयवासीले सास्ती पाएका छन् । निर्माणको जिम्मा पाएको कम्पनीले उक्त सडकमा माटो मिसावट मिस्कट प्रयोग गरेका कारण बुद्धबस्तीदेखि बेलाटारीसम्मको सडक अस्तव्यस्त बनेको छ । सडक निर्माणको अनुगमन तथा नियमन गर्ने सरोकारवाला निकाय ठेकेदार कम्पनीको आर्थिक प्रलोभनमा परी मौन बस्दा असारे विकास निर्माणको नमुना छरपस्ट भएको स्थानीयको भनाइ छ । सडकको गुणस्तरीयताको कुरा उठाउँदा बाटो नबन्ने पो हो कि भन्ने चिन्ता र नबोल्दा गुणस्तहीन सामग्रीको प्रयोगले सास्ती खेप्नुपर्ने बाध्यता स्थानीयवासीले भोगिरहेका छन् ।

कमसल मिस्कटका कारण पछि सडक कालोपत्रे बने पनि छिट्टै फुटेर जाने चिन्ता स्थानीयको छ । बारम्बार सरोकारवाला निकाय, स्थानीय सरकार, प्रहरी, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधिलाई प्रत्यक्ष एवं सामाजिक सञ्जालमार्फत् ध्यानाकर्षण गराउँदासमेत चासो नदिइएको स्थानीयवासीको गुनासो छ ।

स्थानीयवासीका अनुसार दिनहुँजसो उक्त सडक खण्डमा स्थानीय जनप्रतिनिधिदेखि संघीय सांसद ओहोरदोहोर गर्छन् तर चिल्ला गाडीमा सवार हुनेले स्थानीयवासीको सास्ती देख्न सकेका छैनन् । ठेकेदार कम्पनीसँग गुणस्तरीय वस्तुको प्रयोग गर्न आग्रह गर्दा तपाई हो र बिल पास गर्ने व्यक्ति हाम्रो त सेटिङमा बिल पास भइहाल्छ, सक्नुहुन्छ भने काम रोकेर देखाउनुस् भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिने र स्थानीयलाई धम्क्याउने गरेको स्थानीयको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?