फोनपेबाट भाटभटेनी भुुक्तानीमा अफर

Read Time = 1 min

काठमाडौं । फोनपेको क्युआरमार्फत् भाटभटेनी सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने भएको छ । फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटेड सपिङ योजना सञ्चालन गरिएको हो ।

योजनाअन्तर्गत फोनपेबाट क्युआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ गर्न सक्ने र ३५ दिनमा २० हजार जनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

भौचर फोनपे अफर एपमा आउनेछ र विजेता हरेक दिन भाटभटेनीको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत् सार्वजनिक गरिनेछ । साथै फोनपेमार्फत् भुक्तानी गर्नेले निःशुल्क भाटभटेनीको झोला पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?