कोटहीमाई गाउँपालिकाका इन्जिनियर ४५ हजार रूपैयाँ घुससहित पक्राउ

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले एक इन्जिनियरलाई घुससहित पक्राउ गरेको छ ।

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कार्यरत इन्जिनियर अरविन्दकुमार यादवलाई ४५ हजार रूपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकृत भेषराज रिजालले जानकारी दिनुभयो ।

गाउँपालिकामा सम्पन्न भएको निर्माण कार्यको भुक्तानीका लागि माग गरेको ४५ हजार रुपैयाँ घुस लिँदालिदै यादवलाई गाउँपालिकाको कार्यालयबाट पक्राउ गरिएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?