एलओडीका सञ्चालक राजु सिंह सुवाल पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् ।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो ।

उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको ललितपुरका प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?