प्रधानमन्त्रीपत्नी डा.आरजु राणा विवादित अभिव्यक्तिका कारण फेरि चर्चामा

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । नेपाली कांग्रेस नेतृ एवं प्रधानमन्त्रीपत्नी डा.आरजु राणा देउवा बेला बेलामा विवादित अभिब्यक्तिका कारण आलोचित हुने गर्नुभएको छ । यस्तै विवादित अभिब्यक्तिका कारण एक पटक फेरि आलोचित बन्नुभएको हो ।

शुक्रवार डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउन मतदातालाई आग्रह गर्नुभयो ।

उहाँले जनतासंग भोट माग्ने क्रममा यस्तो अभिव्यक्ती दिनुभएको हो । यो गाउँठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने, संविधानको रक्षा गर्ने, हाम्रो देशमा शान्ति हुने, समृद्धि हुने र योभन्दा अगाडी जसरी आज हामी हेलिकोप्टरमा आयौँ उहाँले भन्नुभयो, आजभन्दा १०/१५ वर्षअगाडि यहाँ कतिजना हेलिकोप्टरमा उडेर यहाँ आउन सक्थे, क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस् । नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवाजीलाई, प्रदेशमा गोविन्द बोहोराजीलाई जिताउनुस् ।

यसअघि फ्रि भिसामा मलेसिया पठाइदिने अनि कांग्रेसले जितेको पालिकामा मात्रै बजेट पठाइदिने भनेर उहाँ विवादमा पर्नुभएको थियो ।

यसैगरि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाको उम्मेदवारी दर्ता गर्दा आरजुले डडेल्धुरावासीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सहज पहुँच बढेको बताउनु भएको थियो । उहाँले डडेल्धुरावासीले ‘खुलजा सिमसिम’ भन्ने बित्तिकै बालुवाटारको ढोका खुल्ने बताउनु भएको थियो ।

चुनावी सभामा सम्बोधनका लागि प्रधानमन्त्री देउवा सहित आरजु डडेल्धुरामा हुनु हुन्छ ।

शुक्रवार गृहपालिका गन्यापधुरा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउनसक्ने (प्रधानमन्त्री देउवा) व्यक्तिलाई जिताउन आग्रह गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?