रैथाने मेलामा जुनारका परिकार [फोटोफिचर]

हिमालय टाइम्स
Read Time = 4 mins

सिन्धुली । नेपालमा जुनार भन्ने वितिकै सिन्धुली जिल्लालाई नै सम्झने गरिन्छ । जुनार र सिन्धुली पर्यायवाची शब्द जस्तै बनेको छ । यहि सिन्धुलीको जुनारलाई बजारमा विभिन्न परिकारहरुमा ल्याउनका लागि ललितपुरको कुपण्डोलस्थित रैथानेमा दोस्रो जुनार मेला आयोजना गरिएको छ ।

रैथाने र ग्रिन ग्रोथको सहकार्यमा आयोजना गरिएको सो मेलामा सिन्धुलीमा उत्पादित जुनार र सो जुनारबाट तयार पारिएक विभिन्न परिकारहरु खान पाइने छ । ग्रिन ग्रोथले सिन्धुलीको जुनारलाई बजारीकरण गर्न निकै महत्वपूर्ण भूमिका खेलेको छ ।

यसले सिन्धुलीमा उत्पादित जुनारलाई क्युआर मार्फत ट्याकिङ्ग गर्ने र उपभोक्तामाझ सक्कली उत्पादन पुर्याउने काममा प्रविधिको प्रयोग गरेको छ, जसका कारण उपभोक्ता नठगीने गिन ग्रोथका सौरभ ढकालले बताए ।

सो मेलामा जुनारबाट बनेका विभिन्न दश परिकारहरु खान पाइने छ, जसमा जुनार सादेको, जुनार केक, जुनार जेली, जुनारको जुस, स्पाइस्ड् हट् जुनार जुस भने विशेष रहेको छ । हामीले जुनारको जुस र जुनारलाई सादेरमा खाएका छौ, तर यति मात्र नभई रैथानेमा अब माथि उल्लेखित सम्पूण परिकारहरु दैनिक मेनुमा नै रहने कुरा समेत उनले बताए । सो मेला माग २६ र २७ गते दुई दिन संचालन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?