एसइई नतिजा मोबाइलमै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल टेलिकमले एसइई परीक्षाको नतिजा प्राप्त गर्न विभिन्न व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित भएको २०७९ सालको एसईई परीक्षाको नतिजा आइभिआर, एसएमएस तथा वेबसाइटमार्फत् प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

नतिजाका लागि नेपाल टेलिकमको ल्याण्डलाइन वा मोबाइल फोनमा सिधै १६०० डायल गरी प्राप्त निर्देशनअनुसार गरेर नतिजा थाहा पाउन सकिनेछ । १६०० मा डायल गर्दा प्रतिकल करबाहेक जम्मा दुई रुपैयाँमात्र महसुल लाग्ने कम्पनीले जनाएको छ । त्यस्तै, नेपाल टेलिकमको वेबसाइटमार्फत् मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?