प्रतिनिधि सभाको आजको बैठक बस्दै नबसी स्थगित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

सत्ता पक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा आइतबारसम्मलाई प्रतिनिधि सभा बैठक सरेको छ। बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन ।

सत्ता पक्ष र एमालेबीच कुरा नमिल्दा आइतबारसम्मलाई प्रतिनिधि सभा बैठक सरेको छ। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने अडान राख्दै आएको छ ।

प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसो सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नुभएको थियो । तर बैठकमा सत्ता पक्ष र एमालेबीच कुरा नमिलेपछि प्रतिनिधि सभाको बैठक आइतबारसम्मलाई सारिएको हो ।

सभामुख देवराज घिमिरेले शनिबारसम्म सहमति कायम गरेर प्रतिनिधिसभा बैठक चल्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका छन् ।

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भन्नुभयो 'सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला । संसद अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन । तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजिकरण गर्न म तयार छु । पर्सीसम्ममा सहमति गर्नुहोला । आजको बैठक सूचना टाँसेर स्थगित गरौं ।"

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?