काठमाडौं । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले अर्को साताबाट सुरु हुने एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने हुनुभएको छ । सन्दीप र दीपेन्द्रले जुलाई २० देखि हुने फ्रेन्चाइज लिग ग्लोबल टी-२० का लागि एसिया कप नखेल्ने हुनुभएको हो ।
नेपालले जुलाई २३ देखि २० गतेसम्म श्रीलंकामा एसिया कप खेल्दैछ । तर, त्यसबेला सन्दीप र दीपेन्द्र भने क्यानडामा हुनुहुनेछ । नेपाली टोलीका कप्तान रोहित पौडेलले उक्त कुरा पुष्टि गर्नुभएको हो । दीपेन्द्र मोन्ट्रियल टाइगर्समा अनुबन्ध हुनुहुन्छ । उहाँ पहिलोपटक विदेशी लिग खेल्न लाग्नुभएको हो । सन्दीप लामिछाने भने सर्रे जगुआरमा आबद्ध हुनुहुन्छ । सन्दीप लगातार यो लिग खेल्दै आउनुभएको छ ।
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ । उक्त समूहमा नेपालसँगै युएई, पाकिस्तान भारत छन् । त्यस्तै समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । पाँच टेष्ट टोलीको भने यू-२३ को टोली आउने छन् ।
नेपालले १४ जुलाईमा पाकिस्तान ‘ए’ सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ‘ए’ सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ । फाइनल २२ जुलाईमा हुने खेल तालिका रहेको छ ।
पहिलोपल्ट भारत र पाकिस्ताको टोलीसँग खेल्न लागेको नेपाललाई दीपेन्द्र नहुँदा ठूलो घाटा भने हुनेछ । दीपेन्द्र नेपालबाट टि-२० आईमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी हुनुहुन्छ । यस्तै सन्दीप नेपाली टोलीको ग्लोबल स्टार हुनुहुन्छ ।
टेष्ट राष्ट्रलाई हराउन सजिलो छैन : कप्तान
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टेष्ट टोलीहरूलाई पराजित गर्न सजिलो नभएको बताउनुभएको छ । आइसिसी विश्वकप छनोट खेलेर फर्किएपछि कप्तान रोहितले उक्त प्रतिक्रिया दिनुभएको हो ।
‘सोचेजस्तो नतिजा आएन । त्यहाँबाट धेरै कुरा सिक्न पायौं । विशेषगरी पूर्ण टोलीविरुद्ध खेल्न र प्रतिस्पर्धा गर्न पाउँदा । त्यो प्रतिस्पर्धा नै एकदमै राम्रो थियो । अरू टोली जस्तो सजिलो हुँदैन । टेष्ट टोलीलाई जित्न सबै क्षेत्रमा राम्रो गर्नुपर्छ । हरेक खेलमा एक दुई कुरामा गल्ती गरेका थियौं । आउने खेलहरू विशेषगरी इमर्जिङ टिम्स एसिया कपमा हामी त्यो कुरालाई सुधार गछौं’, जिम्बावेबाट फर्केपछि कप्तान रोहितले भन्नुभयो ।
नेपालले विश्वकप छनोटमा टेष्ट टोली जिम्बावे, आयरल्याण्ड र वेष्टइण्डिजसँग खेलेको थियो । नेपालले पहिलो पटक ओडिआईमा टेस्ट टोलीसँग खेलेको थियो ।
‘सुरुमा सबै खेलाडीको उत्साहित थियो । वेष्टइण्डिज र जिम्बावेका बलरहरूले कस्तो बल गर्छन् भनेर । त्यो खेल्दा त्यस्तै फरक केही पनि थिएन । क्षमताको त्यस्तो कुनै फरक थिए । उनीहरू हामीभन्दा बढी अनुभवी थिए । तिनीहरूले राम्रो गरे । स्कटल्याण्ड र नेदरल्याण्ड्सले एकदमै राम्रो क्रिकेट खेल्यो’, उहाँले भन्नुयभो, ‘हामी पनि त्यो स्तरमा छौं । टेष्ट टोलीहरूसँग निरन्तर खेल्न पाएमा हामी पनि उनीहरूलाई हराउन सक्छौं ।’
नेपालले प्रतियोगिताभर फिल्डिङमा राम्रो गर्न नसकेको उहाँले स्वीकार्नुभयो । प्रतियोगिताबाट धेरै कुरा सिकेको र आगामी दिनमा अझै राम्रो गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच