उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार

Read Time = 2 mins

सोल । उत्तर कोरियाले शनिबार जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ । पछिल्लो प्रक्षेपण प्योङयाङल क्षेप्यास्त्र प्रहार गरेको तीन दिनपछि भएको हो । जसबाट आणविक परीक्षण गर्नसक्ने चेतावनी बढ्दै गएको छ ।

प्रक्षेपण गरिएको मिसाइल सबमरिन लन्च्ड ब्यालिस्टिक मिसाइल (एसएलबीएम) हो, जुन छोटो दूरीको मिसाइल हो । परीक्षणपछि जापानी रक्षा मन्त्रालयले आफ्ना तटरक्षकहरूलाई चेतावनी दिएको छ । यो वर्ष उत्तर कोरियाले गरेको १५औं हतियार परीक्षण हो । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण जारी राखेको छ ।

अमेरिकाको वार्ता प्रस्तावलाई अस्वीकार गर्दै उत्तर कोरियाले नाटकीय ढंगले आफ्ना आणविक गतिविधि तीब्र पारेको छ । उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर अमेरिकाले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्तामा के भयाे छलफल ? चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे सालाहको रणनीति सफल, तर लुकाकुले खोसे इजिप्टको ऐतिहासिक जित तीन प्रणालीकाे प्रभाव, यी स्थानमा चट्याङ्ग सहित वर्षाकाे सम्भावना यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा राेकियाे स्पेन ‘काम छैन त दाम छैन’ कानुन नै आवश्यक प्रादेशिक विकास र पूर्वाधारलाई जोड दिँदै प्रदेशहरूको बजेट सार्वजनिक