सोल । उत्तर कोरियाले शनिबार जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ । पछिल्लो प्रक्षेपण प्योङयाङल क्षेप्यास्त्र प्रहार गरेको तीन दिनपछि भएको हो । जसबाट आणविक परीक्षण गर्नसक्ने चेतावनी बढ्दै गएको छ ।
प्रक्षेपण गरिएको मिसाइल सबमरिन लन्च्ड ब्यालिस्टिक मिसाइल (एसएलबीएम) हो, जुन छोटो दूरीको मिसाइल हो । परीक्षणपछि जापानी रक्षा मन्त्रालयले आफ्ना तटरक्षकहरूलाई चेतावनी दिएको छ । यो वर्ष उत्तर कोरियाले गरेको १५औं हतियार परीक्षण हो । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण जारी राखेको छ ।
अमेरिकाको वार्ता प्रस्तावलाई अस्वीकार गर्दै उत्तर कोरियाले नाटकीय ढंगले आफ्ना आणविक गतिविधि तीब्र पारेको छ । उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर अमेरिकाले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :