आँखुखोलाको हकप्रद सेयर पारित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीद्वारा प्र्रस्तावित १५० प्रतिशत हकप्रद सेयर साधारणसभाले पारित गरेको छ । शुक्रबार काठमाडौंमा सम्पन्न १५औँ साधारणसभाले १ः१.५ को अनुपातमा हकप्रद सेयर पारित गरेको हो ।

कम्पनीले हकप्रद सेयरबाट उठेको पुँजीले गणेश हिमाल हाइड्रोपावरले प्रवद्र्धन गर्न लागेको २० मेगावाटको आँखुखोला-२ जलविद्युत् आयोजनामा लगानी गर्नेछ ।

आयोजनामा कम्पनीले ६० प्रतिशत लगानी गर्ने र बाँकी रकमबाट बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानी गर्ने कम्पनीले जनाएको छ । साधारणसभामा आँखुखोला जलविद्युत् कम्पनीका अध्यक्ष राम श्रेष्ठले सेयरधनीको हकहितका लागि आफूहरू लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?