प्रधानमन्त्रीको चित्त बुझ्दो जवाफ नआए एमालेले संसद अवरोध जारी राख्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गरेको नेकपा (एमाले) ले आज प्रधानमन्त्रीको जवाफ सुन्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको जीवनीमा आधारित भएर लेखिएको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गर्दै आएको छ ।

संसद्को गतिरोध अन्त्यका लागि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । शीर्ष बैठकमा प्रधानमन्त्रीले देशबासी समक्ष आफ्नो अभिव्यक्ति प्रति माफी माग्नुपर्ने अडान एमाले अध्यक्ष ओलीले राख्नुभएको थियो ।

छलफलपछि एमाले प्रधानमन्त्रीको जवाफ चित्त नबुझे फेरि संसद् अवरोध कायमै राख्ने गरी आज जवाफ सुन्ने निर्णयमा पुगेको हो । प्रधानमन्त्रीको स्पष्टीकरण चित्त बुझ्दो भएमा सदनको कारबाही चल्न दिइने एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनु भयो ।
प्रतिनिधि सभा बैठक आज दिउँसो ३ बजे बस्दै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?