काठमाडौं । सरकारले वैदेशिक रोजगारबाट फर्किएर उद्यम गर्नेलाई राष्ट्रिय सम्मानसहित पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सार्वजनिक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा उद्यम गरेर राष्ट्रिय उत्पादन र रोजगारमा योगदान दिएकालाई राष्ट्रिय सम्मानसहित पुरस्कृत गर्ने जनाएको हो ।
वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई उनीहरूको योगदानको कदरस्वरूप पुरस्कृत गरी स्वरोजगारीलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । पुरस्कारका लागि विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ अनुसार फारम भरेर २१ दिनभित्र मन्त्रालयमा आवेदन गर्नुपर्नेछ ।
पुरस्कारका लागि विदेशमा गएर कम्तीमा एक वर्ष काम गरेर फर्किएको, वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै व्यवसाय सञ्चालन गरेको, कम्तीमा एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र मन्त्रालयतर्फबाट कुनै पनि पुरस्कार प्राप्त नगरेको व्यक्तिले पुरस्कार र सम्मानका लागि आवदेन गर्न सक्ने बताइएको छ । जसका लागि आवेदकले नागरिकताको प्रतिलिपि, भिसासहितको राहदानी प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणासहितका कागजात पेश गर्नुपर्नेछ ।
उत्कृष्ट उद्यमीमा छनोट हुन सक्ने एकजना व्यक्तिले एक लाख ५० हजार नगद र प्रमाणपत्रसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्नेछन् भन्ने अन्य सात उत्कृष्टले ७५ हजार नगदसहित प्रमाणपत्र र राष्ट्रिय सम्मान प्राप्त गर्ने सूचनमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच