अनलका दुई कृति एकसाथ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । युवा साहित्यकार अनल गौतमका एकसाथ दुई कृति लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच साहित्यकार गौतमको उपन्यास ‘बार्दली’ तथा कथासंग्र्रह ‘दाहिने हाते सिक्का र साइकल’ एकैसाथ लोकार्पण गरिएको हो ।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा.रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणालगायतले कृतिको लोकार्पण गर्नुभएको थियो । लोकार्पण समारोहमा अतिथिहरूले लेखक गौतमलाई नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिँदै सार्वजनिक भएका कृतिका विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै लेखक गौतमले पुस्तक लेख्नभन्दा सार्वजनिक गर्न कठिन भएको पुरानो अनुभव स्मरण गर्दै यसपटक ऐरावती प्रकाशन प्रा.लि.सँगको सहकार्यमा दुईवटा पुस्तक सहजै सार्वजनिक गर्न सकिएको बताउनुभयो ।

ऐरावती प्रकाशन प्रालिका प्रमुख रामदेव पाण्डेको अध्यक्षतामा आयोजित समारोहमा पाण्डेले साहित्यका गौतमको लेखन शैलीको प्रशंसा गर्दै विषम परिस्थितिमा छोटो समयकै अन्तरालमा दुई पुस्तक प्रकाशित गरेको जानकारी गराउनुभयो ।

हेटौंडा-५, मकवानपुरमा जन्मिनुभएका गौतमले २०६४ सालमा ‘शुभ प्रभात’ शीर्षकको हाइकुसंग्र्रह प्रकाशन गर्दै औपचारिक साहित्यिक प्रकाशनको यात्रा प्रारम्भ गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?