काठमाडौं । प्रमुख तीन दलका शीर्ष तीन नेताहरुबीचको संसद्को अवरोध खोल्नेबारे आज भएको छलफल सकिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज र्सिंहदरबारमा भएका छलफल सकिएको हो ।
छलफल सकारात्मक भएको एमालेका एक नेताले बताए। ‘छलफल सकारात्मक छ,’ ती नेताले भने।
पत्रकारले राखेको जिज्ञासामा एमाले अध्यक्ष ओलीले भने पार्लियामेन्टमा थाहा हुने भन्दै बैठकबाट बाहिरिनु भएको थियो ।
प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच