विश्वमा आज जलवायु परिवर्तनको समस्या विकराल बन्दै गएको छ । यो आजको तीतो सत्य नै हो । विश्व तापमानमा वृद्धिको पहिला आशंका गरिएको झण्डै डेढ सय वर्षपछि आज यस कुरामा विश्व-सहमति बनेको छ कि विश्व गर्मी तथा त्यसबाट उत्पन्न अनेक जटिल र व्यापक पक्रियहरू मानव जनित हुन् । विश्वको चर्किँदो गर्मीको गति आक्रामक र खतरनाक पनि छ । जुन कारणले बितेका नौ वर्षयता अहिलेसम्मकै सबैभन्दा गर्मीको वर्ष बन्न पुगेको विज्ञहरू बताउँछन् ।
अहिलेसम्म पृथ्वीको तापक्रम बीसौं शताब्दीको सरदर तापमानभन्दा झण्डै १ डिग्री सेन्टिग्रेडसम्म बढेको र अर्को शताब्दीको अन्त्य हुँदासम्म यो बढेर २.८ सम्म पुग्ने उनीहरूको गम्भीर आशंका छ । यसले जलवायु चक्रमा चरम फेरबदल आउने र यसले भयंकर खडेरी, अपूर्व बाढी, ठूल्ठूला आँधीबेहरी, जंगलमा आगलागीजस्ता घटना हुने र समुच्चै यो पृथ्वीतन्त्र नै तीब्ररूपमा बदलिरहेको उनीहरू बताउँछन् ।
मौसमा आउन यस्तो चरम परिस्थिति जस्तै भयंकर खडेरी, बाढी, आँधी, प्राकृतिक बिपत्ति, भूमिमा कटान, कृषि उत्पादनको दायरा र उत्पादनमा कमी, तापमानमा वृद्धि भएर उत्पन्न हुने ताप तरंग (हिट वेभ) आदिको सोझो असर अब मानव व्यवहारमा पनि पर्ने र देखिने गर्न थालेको छ । त्यसमा पनि विश्व गर्मी र जलवायु परिवर्तनको सबैभन्दा बढी असर ग्लोबल साउथ अर्थात् पृथ्वीको दक्षिणी भाग जहाँ कम विकसित र विकासशील देशहरू नै छन्, त्यहाँ जलवायुको यो चरम परिस्थितिका कारणले एउटा विश्वको ठूलो जनसंख्या समूहमाथि आर्थिक तनाव, जीवन यापनको संकट र भविष्यका प्रति व्यक्तिगत, पारिवारिक एवं सामाजिक असुरक्षाको भावना पैदा हुन जाने गम्भीर कुरा औंल्याइँदैछ ।
बितेका केही वर्षयतादेखि औंल्याउन थालिएको ‘जस्तो खायो अन्न त्यस्तै भयो मन’ लाई मान्ने हो भने गैरपारम्परिक खेतीपाती, प्रदूषित भोजन, दूषित पानी, खराब हावा, बदलिँदो मौसम र चरम उपभोक्तावादी प्रवृत्तिले मानिसको भावदशा, मनोदशा समेतमा ठूलो चेतनात्मक बेहोसी ल्याइदिएको उल्लेख गरिँदैछ ।
जसको परिणति मानव-व्यवहारमा आइरहेको उग्रता हो भनेर पनि विश्लेषण गरिँदैछ । बितेका केही वर्ष यतादेखि औंल्याउन थालिएको ‘जस्तो खायो अन्न त्यस्तै भयो मन’ लाई मान्ने हो भने गैरपारम्परिक खेतिपाती, प्रदूषित भोजन, दुषित पानी, खराब हावा, बदलिदो मौसम र चरम उपभोक्तावादी पवृत्तिले मानिसको भावदशा, मनोदशा समेतमा ठूलो चेतनात्मक बेहोसी ल्याइदिएको उल्लेख गरिँदैछ । मानव व्यवहारमा आइरहेको परिवर्तनलाई यसरी समग्रतामा बुझ्नुपर्ने र जान्नुपर्ने बताइँदैछ ।
हुन पनि जहाँ एकातिर तथाकथित मानव विकासको कारण जलवायुमा खतरनाकस्तरको परिवर्तन आइसकेको छ त्यहीँ अर्कोतिर मानिस नै प्रकृतिको यो बिग्रँदो सन्तुलनको आर्थिक, सामाजिक, भौतिक र मानसिक रूपले नराम्रो शिकार भइरहेको छ । मानिस प्रकृति र जीवनको जटिलतर सन्तुलनको खराबीको कारण पनि हो र त्यसको शिकर पनि । हुन त आरम्भिक विकास क्रममा मानवले अचानक फड्को मारेको पारिस्थितिकी (इकोसिस्टम) तन्त्रको शिखरमा आफ्नो उग्र मूल जनावरी प्रवृत्तिसँग आइपुग्यो र अब त यी सबै कुरा यत्तिका चाँडोचाँडो भइसकेको र भइरहेको छ कि अब पारिस्थितिकी अर्थात् इकोसिस्टममा मानवका लागि ती सन्तुलन र नियन्त्रणलाई विकसित गर्ने अवसर नै मिलेको छैन, जसबाट पारिस्थितिकीका शीर्षकमा रहेका अन्य जीवहरू (जस्तो सिंह, सार्क) आदिमाथि विपद मच्चिनबाट रोक्न सकिने थियो ।
जलवायु परिवर्तनबाट बदलिँदै रहेका परिस्थितिको बढ्दो प्रभावमा पृथ्वीकै जस्तै विस्तारै बिस्तारै हामी मानिसको सहनशीलता पनि समाप्त हुँदै गइरहेको छ । अनि त्यसको स्थान उग्र, आक्रामक प्रकृतिको पाशविक प्रवृत्तिले लिइरहेको छ । अब हामी मानिसको सुख-दुःख, क्रोध, हिंसा सबै केही क्षणिक कुरा भइसकेका छन् । जीवनका हरेक पक्षमा असुरक्षाको भावना बलवती बन्दै गइरहेको छ जसमा जीवनयापनदेखि लिएर प्रत्येक व्यक्तिगत र सामाजिक पक्षहरू सामेल छन् ।
जलवायु परिवर्तनबाट पीडित ‘विश्वको दक्षिण’ का देशहरूका अधिकांश जनसंख्यामा सामुन्नेमा आर्थिक उत्पादन र जीवनका मूलभूत आवश्यकतालाई लिएर ठूलो असुरक्षाले घर गर्न थालेको या गरिरहेको छ । त्यो खाने कुरा अन्नबाली, पिउने पानी, घर, स्वास्थ्य आदिका लागि दौडादौडबाट प्रष्ट हुन्छ । अनि शहरी जनसंख्याका लागि यातायात आवतजावतको क्रममा वायु प्रदुषणको सामना गर्नुपरिरहेकको छ भने सानो बक्साजस्तो घरबासका लागि दौडादौड गर्नुपरिहेको छ ।
झन् पछि झन् विश्व तात्दै गएर चरम हुन थालको चर्को गर्मीले गर्दा मानव व्यवहारमाथिको प्रभावले बढ्दो हत्या, संगठित हिंसा र क्षेत्रीय संघर्षहरू अझ तीव्र रूपमा बढ्न थालेको पनि अध्ययनले देखाएका छन् । प्रायःजसो बढ्दो तापक्रमले उग्र र शत्रुतापूर्ण व्यवहारको सम्भावनालाई बढाउँदै लगेको औंल्याइँदैछ । भनिन्छ कि लगातार बढ्दो तापमानमा रहने गर्दा शरीरलाई हरसमय आपत्तिबाट निस्कन तयार हुने स्थितिमा बस्ने बानीको बनाइदिन्छ । फलतः त्यसले व्यक्तिगत र सामूहिकस्तरमा मानिसले हिंसात्मक व्यवहार गर्ने स्थिति खडा गरिदिन्छ ।
हालैका कतिपय अध्ययनले व्यक्तिगतस्तरमा हिंसक प्रवृत्तिमा वृद्धि भएको दर्शाएको छ, जसले त्यसमा एउटा ठूलो संख्यामा महिला हिंसामा वृद्धि भएको कुरा पनि समावेश छ । एउटा अनुसन्धानका अनुसार एक डिग्री सेण्टिग्रेट तापमान बढ्दा एकातिर विश्वस्तरमा ६ प्रतिशत मानव हत्याको वृद्धि भएको पाइएको छ भने अर्कोतिर हालैको अर्को एक अनुसन्धाबाट सहचर्यामा रहिरहेका या रहिसकेका महिलाहरूमाथि हिंस्रक घटनाहरू (भारत, पाकिस्तान र नेपालमा) मा ४.५ प्रतिशतले वृद्धि भएको दर्शाएको छ । अझ यसमा यो शताब्दीको अन्त्यसम्ममा व्यापक वृद्धि हुने अनुमान गरिएको छ ।
जलवायु परिवर्तनले मुख्य रूपमा प्रभावित कम विकसित र विकासशील देशहरूको सामाजिक बनावट र आर्थिक परिदृश्य आधी आवादीको हिंसाको हिसाबले अझ असुरक्षित तुल्याइदिन्छ । यस्तो परिस्थितिमा मानव व्यवहारमा जलवायु र पर्यावरणीय परिवर्तनलाई नयाँ सिराबाट बुझ्न र तदनुरूप चल्न कत्ति पनि विलम्ब गर्नु नहुने स्थिति टड्कारो रूपमा खडा भएको छ । त्यसैले विश्वमा चरम नाफा केन्द्रित होइन, प्रकृति तथा मानवमैत्री विकास आजको ज्वलन्त आवश्यकता बन्न गएको एकदमै प्रष्ट छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच