जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्न पाउँदा गर्वको अनुभूति भएको छ : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वर्गीय जेबी टुहुरेलाई जनगायकको रुपमा राष्ट्रिय सम्मानको उपाधि प्रदान गर्न पाउँदा आफूलाई गर्वको अनुभुति भएको बताउनुभएको छ ।

स्वर्गीय जनगायक टुहुरेको दोस्रो स्मृति दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले नेपालको बाम–लोकतान्त्रिक आन्दोलन र सांगितिक तथा सांस्कृतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएकै कारण आफू नेतृत्वको सरकारले भर्खरै उहाँलाई सो उपाधि प्रदान गरेको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले जनगायक टुहेरेकै जनवादी प्रगतिशील गीत गाउँदै आफूले राजनीतिक यात्रा शुरु गरेको पनि दोहो-याउनु भयो । जनगायक टुहुरेले नेपालको राजनीतिक, सांगीतिक र सांस्कृतिक क्षेत्रमा पु¥याउनुभएको योगदान भावी पुस्ताका लागि समेत प्रेरणाको स्रोतको रुपमा रहिरहने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘नेपालको बाम–लोकतान्त्रिक राजनीतिक आन्दोलन एवं सांगीतिक उहाँले पु¥याउनुभएको विशिष्ट योगदानकै कारण भर्खरै बसेको मन्त्रीपरिषद बैठकले जेबी टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको छ । यसका निम्ति यहाँहरु सबैलाई बधाई ज्ञापन गर्दै उहाँलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गर्ने ऐतिहासिक अवसर प्रदान गरेकोमा गौरव महशुस गरेको कुरा समेत यहाँहरुको अगाडि राख्न चाहन्छु । स्मृति ग्रन्थ जेबी टुहुरेको जन्म, कर्म र विचारहरुको विविध आयामहरुको विभिन्न कोणबाट विश्लेषण, संश्लेषण गरिएको छ । समग्र पुस्तक पढदा टुहुरेको चेतना राम्रैसँग स्मरणमा ल्याई दिन्छ । यसले टुहुरेको समग्र जीवन बुझ्न र यसबाट शिक्षा लिन प्रेरित गरिरहनेछ ।’

प्रधानमन्त्री दाहालले जनताका गायकको रुपमा जेबी टुहुरेले दिएको विचारले आफूलाई शान्ति प्रक्रियामा आएपछि अझ धेरै प्रभावित तुल्याएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?