वालिङ-जगत सडकखण्ड अवरुद्ध

हिमालय टाइम्स
Read Time = 2 mins

वालिङ । स्याङ्जाको वालिङ-जगत सडकखण्ड आज विहानदेखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका-६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ-५ लसुनेमा पहिरो खसेको थियो ।

सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरुद्ध भएको वालिङ-५ का वडाध्यक्ष छविलाल आलेले जानकारी दिनुभयो । अविरल वर्षासँगै ठूलो पहिरो झरेकाले सिद्धार्थ राजमार्गदेखि दुई-तीन पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध भएसँगै सवारीसाधन तथा यात्रुबीच बाटोमै रोकिएका छन् ।

सडक खुलाउनका लागि वालिङ नगरपालिकाबाट डोजर आउँदै गरेको उहाँले बताउनुभयो । प्रहरी तथा जनप्रतिनिधि पहिरो खसेको स्थानमै पुगेर बाटो खुलाउनका लागि पहल तथा सवारीसाधनको व्यवस्थापन मिलाउने काम गरेका छन् । सवारीसाधनको चाप बढी हुने यस सडकमा तत्कालका लागि एकतर्फी भए पनि बाटो सञ्चालन गर्नतर्फ लागिएको उहाँले बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?