रास्वपाको पैदल यात्रा बर्दघाट हुँदै बुटवल तर्फ

फाइल तस्बिर

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवल-नारायणगढको सडक निर्माणमा दवाब दिन सुरु गरेको पैदल यात्रा आज बिहान बर्दघाटमा आइपुगेको छ ।

पुर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेसहित पार्टीका केन्द्रिय सदस्यसहित कार्यकर्ताको टोली पैदल यात्रामा सहभागी भएका छ्न् । बुटवल नारायणगढको सडक निर्माण भइ सकिनु पर्ने समयमा बल्ल ४० प्रतिशतको हाराहारीमा काम भएको हुँदा सडक निर्माणको कार्यमा भएको ढिला सुस्तीमा सरकारको ध्यानाकर्षण गर्ने यात्रा सुरु गरिएको रास्वपा नवलपरासीका जिल्ला संयोजक मदन पौडेलले जनाकारी दिनुभयो । दवाबमुलक पैदल यात्रा सुरु भएको आज तीन दिनको दिन बर्दघाट हुँदै बुटवलसम्म पुगेर यात्रा पुगेर सकिने छ ।

हिजो साझ दाउन्नेमा बसेको टोली बिहान सात बजेदेखि पैदल यात्रा सुरु गरि बर्दघाट भुमही र सुनवल हुँदै बुटवल तर्फ लागेको हो । रास्वपाका सभापति एवम् प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई बर्दघाटमा पार्टीका स्थानिय नेता कार्यकर्ताहरुले स्वागत गरेका छन् ।

विद्यार्थी, ब्यवसायी, शुभचिन्तक एवम् सर्वसाधारणहरु बिहानै देखि चोक चोकमा जम्मा भएर स्वागत गरेका थिए भने बुटवल-नारायणगढ सडक छिटो सम्पन्न गर्न सदनमा आवाज उठाईदिन उनिहरुले आग्रह गरेका छ्न् । आज बुटवल पुग्ने कार्यक्रम तय भएको पार्टीका स्थानीय नेताहरुले जानकारी दिएका छ्न् । नारायणगढ बुटवल सडक निर्माणमा भैरहेको ढिलाईका निम्ति दवाव दिन रास्वपाले पैदल यात्रा सुरु गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?