सप्तरी । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ख१८६५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको मे१ ख ३००७ नम्बरको ट्रक एक आपसमा ठोकिँदा ट्रक ब्यारेजको गेट नं १० नजिक नदिमा झरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले जानकारी दिनुभयाे ।
नदिमा झरेको ट्रकमा सवार तीन जनालाई सकुशल उद्धार गरेको छ भने ट्रकको खोजी भइरहेको छ ।
सुनसरी प्रहरीका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्काउँदै ट्रक नदीमा खसेको छ । नदीमा खसेको ट्रक पानीको बहाव सँगै डुब्दै गएकोले देख्न छाडिएको प्रहरीले जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच