एसेजमा अष्ट्रेलियालाई दुई-शून्यको अग्रता

Read Time = 3 mins

लण्डन । पाँच टेस्ट खेलको एसेज टेस्ट सिरिजमा अष्ट्रेलियाले दुई-शून्यको अग्रता लिएको छ । दोस्रो टेस्टमा इंग्ल्याण्ड अष्ट्रेलियासँग ४३ रनले पराजित भएसँगै अष्ट्रेलियाले दुई-शून्यको अग्रता बनाएको हो ।

जितका लागि ३७१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३२७ रनमा अल आउट भयो । इंग्ल्याण्डका बेन स्टोक्सले २१४ बलमा नौ चौका र नौ छक्कासहित १५५ रनको एक सानदार इनिङ्स खेल्नुभयो ।

जोनी बेयरस्टो १० रनमा स्टम्पिङ आउट हुनुभयो । ओपनर बेन डकेट ११२ बलमा नौ चौकासहित ८३, जो रुट १८ र हृयारी ब्रुक चार रनमा आउट हुनुभयो । अष्ट्रेलियाका मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेजलवुडले समान तीन विकेट लिनुभयो ।

त्यसअघि अष्ट्रेलिया दोस्रो इनिङमा २७९ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका ओपनर उस्मान खवाजा ७७, डेविड वार्नर २५, मार्नस लाबुसेन ३० र स्टिभ स्मिथले ३४ रन बनाउनुभयो । इंग्ल्याण्डका स्टुअर्ट ब्रोडले चार विकेट लिनुभयो । टोश टोङ्गे र ओली रोविन्सनले समान दुई विकेट लिनुभयो ।

इंग्ल्याण्ड पहिलो इनिङमा ३२५ रनमा अल आउट भएको थियो । इंग्ल्याण्डका बेन डकेट १३४ बलमा नौ चौकासहित सर्वाधिक ९८ रनमा आउट हुनुभएको थियो । हृयारी बु्रक ५०, जो रुट १०, ओली पोप ४२, ज्याक क्रली ४८, बेन स्टोक्स १७ र जोनी बेयरस्टो १६ रनमा आउट हुनुभयो । अष्ट्रेलियाका मिचेल स्टार्कले तीन, जोश हेजलवुड र टर्विस हेडले समान दुई विकेट लिनुभयो ।

त्यसअघि पहिलो इनिङमा अष्ट्रेलिया दोस्रो दिन पहिलो सेसनमा ४१६ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले १८४ बलमा १५ चौकासहित ११० रनको शतकीय इनिङ खेल्नुभएको थियो । स्मिथ नै खेलेको प्लेयर अफ द म्याच चुनिनुभयो ।

इंग्ल्याण्डका ओली रोविन्सन र जोश टोंगेले समान तीन विकेट लिनुभयो । जो रुटले दुई, जेम्स एन्डरसन र स्टुअर्ट ब्रोडले समान एक विकेट लिनुभयो । अष्ट्रेलिया पहिलो खेलमा दुई रनले विजयी भएको थियो । तेस्रो खेल बिहीबारबाट सुरु हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?