एनसेलको जस्ता प्रकरण दोहोरिन दिनु हुँदैन : पूर्वअर्थमन्त्री कार्की

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एनसेलको शेयर खरिद प्रकरण जस्ता घटना दोहोरिन दिन नहुने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका कार्कीले एनसेलको विषय गम्भिर भएको भन्दै आगामी दिनमा नदोहोरीने गरी त्यहाँका समस्या सधैँका लागि अन्त्य गर्नुपर्ने बताउनुभएको होे । उहाँले लगानीमैत्री वातावरण र सन्तुलित आर्थिक विकास बिना मुलुक समृद्धिको दिशामा जान नसक्ने बताउनु भयो । उहाँले भावनामा बगेर कुरा गरेर मात्रै पनि मुलुकको आर्थिक विकास हुन नसक्ने बताउनु भयो । उहाँले आन्तरिक उद्योग र वैदेशिक लगानीलाई संरक्षण गर्ने नीतिलाई प्रमुख प्राथमिकतामा राख्न आवश्यक रहेको रहेको बताउनु भयो ।

समितिको बैठकमा नेपाली काँग्रेसका सांसद दीपक खड्काले कानूनी छिद्रताको प्रयोग गरी सेयर खरिदबिक्री गरेकाले कर्मचारीलाई मात्रै दोष लगाएर नहुने बताउनु भयो । उहाँले नेपालको कानून निरीह हुँदा अर्थतन्त्र माफियाको हातमा रहेको आरोप लगाउनु भयो । सांसद खड्काले पनि नेपालमा लगानीको वातावरण नभएको भन्ने आजियटाको भनाइप्रति आपत्ति जनाउनु भयो ।

बैठकमा अधिकांश सांसदहरुले आजियटाको सीईओले नेपालमा वैदेशिक लगानीको वातावरण छैन भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनीहरुले कुनै कम्पनीले नेपालमा वैदेशिक लगानीको वातावरण छैन भन्ने प्रचार गर्नु गम्भीर रूपमा लिन आवश्यक रहेको उल्लेख गरे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?