-रमेश विश्वकर्मा
गुल्मी । रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले पहिरो जोखिममा रहेकोे घोर्ले माध्यमिक विद्यालयको अनुगमन गर्नुभएको छ । रेसुङ्गा नागरपालिका-१३ मा अवस्थित यस विद्यालय गत असार १० गते र साउन १२ गते आएको अबिरल वर्षाका कारण नजिकैबाट पहिरो खसेसँगै जोखिममा परेको थियो । पहिरोग्रस्त स्थानको नगरप्रमुख पन्थीले अनुगमन गर्नुभएको हो ।
नगरप्रमुख पन्थीले पहिरोग्रस्त स्थानको अनुगमनपछि पहिरो नियन्त्रण र क्षति न्यूनिकरणको कार्य समयमै अगाडी बढाउने बताउनुभयाे । रेसुंगा नगरपालिकाका प्राविधिकसहित पुग्नुभएका पन्थीले पहिरोका कारण विद्यालय जोखिममा परेको उल्लेख गर्नुभयो ।
पहिरो गएपछि विद्यालयको खेलमैदान, शौचालय लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । विद्यालयका प्रधानाध्यापक हिरासिंह सराङ्कोटीका अनुसार विद्यालयको ग्राउण्ड सानो भएपछि ग्राउण्ड ठुलो बनाउन ग्याबिन वाल उठाईएको थियो । उक्त वाल दुई पटकको वर्षाका कारण पूर्णरुपमा भत्किएको छ ।
अहिले नियमित कक्षा बन्द गरिएकोले विद्यालय सञ्चालन गर्नुभन्दा अगाडी नै कुनै उपाय गर्नुपर्ने उहाँले बताउनुभयो । पहिरोले सडक समेत पुरेपछि विद्यालय पुग्न निकै समस्यासमेत परेको छ ।
करिब ४१ लाखको लागतमा उक्त वाल निर्माण गरिएको पूर्व वडाध्यक्ष खुमबहादुर खत्रीले बताउनुभयो । उहाँले तत्काल समाधानको उपाय खोज्नुपर्ने भन्दै लगातार पानी परे २० लाखमा निर्माण गरिएको पक्की शौचालय पनि भत्किन सक्ने सम्भावना रहेको बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका