झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारको विषयमा कांग्रेस र कम्युनिष्ट एकैस्थानमा उभिने प्रमाणित भएको बताउनुभएकाे छ ।
पार्टीको नवीन राप्रपा कार्ययोजना अभियानअन्तर्गत बिर्तामोडस्थित राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिष्ट एकैस्थानमा उभिने प्रमाणित भएको दाबी गर्नुभएकाे हाे ।
भ्रष्टाचारका घटना सार्वजनिक भइरहँदा राप्रपाका मानिस नमुछिएको भन्दै उहाँले ठूलाठूला भ्रष्टाचार काण्डमा कांग्रेस र कम्युनिष्टका नेताहरुको संलग्नता देखिएको र भ्रष्टाचारी जोगाउने कार्यमा पनि उनीहरू एकैस्थानमा उभिएको आरोप लगाउनुभयाे ।
चीन र भारतकालागि कम्फर्टेबल सरकारको खोजीमा लागेका कांग्रेस र कम्युनिष्टले जनताको कम्फर्टेबल सरकारको खोजी नगरेको भन्दै उहाँले कुनै बेला राप्रपाको सदस्य लिएकालाई राताराता पार्टी प्रवेश गराउने कांग्रेस र कम्युनिष्ट पार्टीमा अहिले कोही नगएको बताउनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच