एमालेको सचिवालय बैठक जारी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । च्यासलस्थित पार्टी मुख्यालयमा नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बसिरहेको छ।

बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग तथा पार्टी प्रचार र जनसंगठनको कामको अवस्थाबारे छलफल हुने बताइएको छ ।

सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रूपमा छलफल गर्नुभएको थियो।

उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गरे पछि आज सचिवालय बैठक बोलाइएको हो ।

बैठकले सांगठानिक संरचना, केन्द्रीय नेताहरूको कार्यबिभाजन तथा अन्य विषयमा छलफल गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?