एमसीसी परियोजना समयमै कार्यान्वयन हुनुपर्नेमा एमालेको जोड

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेले अमेरिकी सहयोग परियोजना एमसीसी समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । आज बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीजस्तै राष्ट्र हितमा रहेर अन्य सहयोग लिन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, एमसीसी पारित भइसकेको अवस्थामा त्यसको बिना व्यवधान समयसीमा भित्रै कार्यान्वयन हुनुपर्छ भन्ने ठान्छौँ। एमसीसीसहित अन्य देशबाट हुने आर्थिक सहयोग राष्ट्रिय हितमा प्रयोग गर्न सक्छौँ ।’

बैठकअघि संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी परियोजना चाँडै सम्पन्न गर्नुपर्ने भन्दै अध्यक्ष ओलीसँग भेट्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?