भदौमा इभी एक्स्पो हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भदौ १५ गतेदेखि काठमाडौंमा तीनदिने नेपाल इभी एक्स्पो हुने भएको छ । इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चर्स एण्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपाल, मिडिया स्पेस सोलुसन्स तथा फ्युचरक्स ट्रेड फेर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा भृकुटीमण्डपमा एक्स्पो हुने भएको हो ।

विद्युतीय सवारीलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने एक्स्पोमा एक सयभन्दा बढी कम्पनीको सहभागिता र एक सय ५० भन्दा धेरै ब्राण्डका गाडी तथा विद्युतीय सामग्री प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । एक्स्पोमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामग्री, अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्युपमेण्ट्स, चार्जिङ स्टेसनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीको सहभागिता रहने बताइएको छ । पछिल्लो समय विद्युतीय दुईपांग्रे रिक्सा, माइक्रोबस, बस तथा अन्य सवारीसाधनको आयात बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?