काठमाडौं । व्यवसायी दीपक मलहोत्राले बुधबार बरामद एक किलो सुन आयातमा आफ्नो संलग्नता नरहेको दाबी गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेर ट्याक्सीमा राखेर लैजाने क्रममा अवैध करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन आयातमा नाम जोडिएपछि बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफ्नो संलग्नता नरहेको बताउनु भएको हो ।
उक्त सुन आयातमा आफ्नो व्यवसायिक प्रतिष्ठान वा व्यक्तिगत सम्बन्ध नरहेको बताउँदै उहाँले आफ्नो व्यवसायिक तथा व्यक्तिगत चरित्र हत्या गर्न खोजिएकाले कानुनी बाटोमा जाने बताउनु भयो ।
किन र केका लागि आफ्नो नाम जोडेर समाचार आएको हो यसबारे थाहा हुन नसकेको भन्दै उहाँले आफूलाई समाचार बनाउने विषयमा सम्पर्क हुन नसकेको भन्ने कुरा गलत रहेको बताउनु भयो ।
अवैध कारोबारीलाई जोगाउन आफ्नो नाम लिएर डाइभर्ट गरेको हुन सक्ने भन्दै व्यवसायी मलहोत्राले कुनै पनि अवैध कारोबारमा आफ्नो संलग्नता नरहेको दाबी गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच