कैलाली कारागारका एक जना कैदीको मृत्यु

Read Time = 1 min

विराज रोस्यारा

कैलाली । कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका-५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले विष्टको सोमबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताउनुभयाे ।

चन्दकाअनुसार उनी लामो समयदेखि क्षयरोगबाट पीडित थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?