नेसन्स लिगको उपाधि पोल्याण्डलाई

Read Time = 2 mins

लण्डन । पोल्याण्डले नेसन्स लिग भलिबलको उपाधि जितेको छ । फाइनलमा अमेरिकालाई पराजित गर्दै पोल्याण्डले भलिबल नेसन्स लिग २०२३ को उपाधि जितेको हो । पोल्याण्डको गडान्स्कमा सम्पन्न फाइनलमा आयोजक टोली पोल्याण्डले अमेरिकालाई ३-१ को अन्तरले पराजित गर्दै जित हात पारेको हो ।

पोल्याण्डले पहिलो सेट २५-२३ ले जिते पनि दोस्रो सेटमा भने अमेरिकाले पुनरागमन गर्‍यो । अमेरिकाले दोस्रो सेट २६-२४ ले जितेको थियो ।
तेस्रो र चौथो सेट समान २५-१८ ले जित्दै पोल्याण्डले उपाधिमाथि कब्जा जमायो । नेसन्स लिगको उपाधि जितेको यो पोल्याण्डले पहिलोपल्ट हो । अमेरिका भने लगातार दोस्रो सिजन उपविजेतामा सीमित भयो ।

त्यसअघि तेस्रो स्थानका लागि भएको खेल जापानले जित्यो । सुरुवाती दुई सेटमा जापानले २५-१८ र २५-२३ ले जित निकाले पनि त्यसपछिका दुई सेटमा भने इटालीले बाजी मारेको थियो । दुवै सेट इटालीले २५-१७ ले आफ्नो पक्षमा पार्‍यो । तर, तेस्रो सेट भने जापानले १५-९ को अन्तरमा जित निकाल्दै तेस्रो स्थान हात पार्‍यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पोल्याण्डका लिबेरो पावेल जातोर्सकी घोषित हुनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?