भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास गर्नु र मेरो राजीनामा माग्नु स्वाभाविक : गृहमन्त्री श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 1 min

गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास गर्नु र मेरो राजीनामा माग्नु अस्वाभाविक नभएको बताउनु भएको छ ।

मंगलबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने र दोषीलाई कारबाही गरेर छाड्ने बताउनु भयो ।

माओवादी केन्द्रका नेतासमेत रहनुभएका उहाँले आफ्नै पार्टी र सत्ता गठबन्धनभित्र भ्रष्टाचारी हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक भएको बताउनु भयो ।

१०० किलो सुन बरामद प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले आफ्नो राजीनामा माग्नुलाई पनि अस्वाभाविक रुपमा नलिएको उहाँको भनाइ छ ।

मन्त्री श्रेष्ठले गठबन्धन सरकार भ्रष्टाचारविरुद्ध र सुशासनको अभियान अगाडि बढाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?