सिद्धार्थ बैंकलाई आइक्यानको अवार्ड

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । सिद्घार्थ बैंक लिमिटेड बैंकिङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान)ले आर्थिक वर्ष २०२१/०२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन–गोल्ड अवार्ड बैंकलाई प्रदान गरेको हो ।

सिद्धार्थ बैंक गत वर्ष पनि सोही अवार्डबाट सम्मानित भएको थियो । अवार्ड काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई हस्तान्तरण गर्नुभएको हो । अवार्डले बैंकलाई आगामी दिनमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?