मोटरसाइकलको ठक्करबाट सर्लाहीमा बालिकाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

सर्लाही । सर्लाहीको दक्षिण-पूर्वी भेगस्थित पर्सा गाउँपालिका-४, जिंगडवामा मोटरसाइकलको ठक्करबाट बालिकाको ज्यान गएको छ ।

नम्बर खुल्न नसकेको मोटरसाइकलले गाउँको भित्री सडकमा ठक्कर दिँदा सोही ठाउँ निवासी हरि वीरेन्द्र पासवानकी छोरी ८ वर्षीया मनीषा कुमारी पासवानको मृत्यु भएको हो । बाख्रा चराउन हिँडेकी मनीषालाई मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते बनाएपछि उपचारका लागि स्थानीय एक क्लिनिकमा लगिएको थियो ।

क्लिनिकमा पुर्‍याउँदा उनलाई स्वास्थ्यकर्मीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मङ्गलवाले जनाएको छ । मोटरसाइकलको ठक्करबाट अर्की ८ वर्षीया बालिका चुनचुन पासवान सामान्य घाइते भएकी छन् ।

दुर्घटनापछि फरार रहेका मोटरसाइकल र त्यसका चालक फेला परेका छैनन् । मोटरसाइकलको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?