१६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा पक्राउ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

उदयपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-१ मिलन टोल बस्ने २१ वर्षीय नितेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती किशोरीलाई सोही ठाउँस्थित सामुदायिक जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?