ललितपुर प्रहरीद्धारा जुवाडेबाट ३३ लाख बढी रकम बरामद

हिमालय टाइम्स
Read Time = 1 min

ललितपुर । ललितपुर प्रहरीले जुवाडेबाट ३३ लाख २२ हजार बढी बरामद गरेको छ ।

ललितपुर प्रहरीले गरेको बिशेष छापाको क्रममा दसैँ र तिहारमा जुवातास खेल्नेबाट ३३ लाख २२ हजार रुपैयाँ बरामद गरेका हो ।

सोही क्रममा प्रहरीले ६७ जना जुवाडेलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । उहाँका अनुसार पारिवारिक मनोरञ्जनबाहेक पैसाका खाल जमाएर जुवातास खेल्ने समुहमा छापा मार्दा पाँच दर्जन बढी पक्राउ गरिएको हो ।

यसरी पक्राउ पर्नेमा ५१ जना पुरुष र १६ जना महिला रहेका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?