प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कदै हुनुहुन्छ ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि जानुभएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लाग्नुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सात दिने इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज विहान ९:०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुहुनेछ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली जानुभएका प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गर्नुभएको थियो ।

साथै, सो क्रममा प्रधानमन्त्री दाहाल र बंगलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यू बीचमा भेटवार्तासमेत भएको थियो ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायतको सहभागिता रहेको थियो । विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलनसमेत गर्दै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?